१० हजार भेरोसेल खोप कपिलवस्तु आइपुग्यो, कसले कहिले लगाउन पाँउछन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

१० हजार भेरोसेल खोप कपिलवस्तु आइपुग्यो, कसले कहिले लगाउन पाँउछन् ?

कपिलवस्तु । यही जेठ २५ गते देखि ६० वर्षदेखि ६४ वर्ष उमेर समुहलाई लगाउनकालागि कपिलवस्तुमा नौ हजार ५ सय ५० खोप आईपुगेको छ । तर खोप अभावले गर्दाै जिल्लामा सो उमेर समूहलाई मात्र लगाउन थालिएको हो बताइएको छ ।

जिल्लामा ६० देखि ६४ उमेर समुहका १९ हजार १६६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । लक्षित समूह बढी रहेकाले ६२ देखि ६४ उमेर समुहकालाई मात्र खोप लगाउने
निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए ।

खोप लागउनकालागि १० वटै पालिकामा २ देखि ४ वटा खोप केन्द्र संचालन गरिने स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए । खोपकालागि नागरिकता वा उमेर खुल्ने प्रमाणपत्र ल्याउन उनले आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);