रुपन्देहीमा १८ वर्षमाथिका सबैलाई दसैंअघि नै खोप लगाउने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रुपन्देहीमा १८ वर्षमाथिका सबैलाई दसैंअघि नै खोप लगाउने लक्ष्य

बुटवल । रुपन्देहीमा १८ वर्ष माथिका नागरिकले दसैं अगाडि नै कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले २२ र २३ असाेमा सबै स्थानीय तहलाई उक्त उमेर समूहका सबै व्यक्तिलाई खोप लगाउन निर्देशन दिइसकेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई दसैंअघि नै भेरोसेल खोप लगाइन लागिएकाे बताए ।

तर, खाेप पर्याप्त छैन

सरकारले रुपन्देहीमा १८ वर्षमाथिका सबै नागरिकलाई दसैंअघि नै खाेप लगाइसक्ने लक्ष्य लिए पनि खाेप पर्याप्त छैन ।

तिलोत्तमा नगरपालिकाका कोभिड फोकल पर्सन केशव भट्टराईका अनुसार १८ वर्ष माथिका नागरिकलाई खोप लगाउन ३५ हजार डोज खोप आवश्यक छ  । तर तिलाेत्तमामा १० हजार डोज मात्र प्राप्त भएको उनले बताए । तिलोत्तमा १८ देखि ३० वर्ष उमेर समूहका सबैलाई खोप लगाउने सूचना जारी गरेकाे छ ।

बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाले पनि स्वास्थ्य कार्यालयबाट प्राप्त भएको खोपले सबै नागरिकलाई नपुग्ने बताएका छन् । अन्य कतिपय पालिकाले भने सबै नागरिकलाई खोप लगाउने भन्दै सूचना जारी गरिसकेका छन् । 

हालसम्म रुपन्देहीमा लक्षित जनसंख्याको २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् । अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । कार्यालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसंख्या रहेका छन् ।

लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ अपेक्षित जनसंख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);