क्यानडाका प्रधानमन्त्रीले भने–खोप नलगाएका कर्मचारी वेतलबी बिदामा बस्नू | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

क्यानडाका प्रधानमन्त्रीले भने–खोप नलगाएका कर्मचारी वेतलबी बिदामा बस्नू

एजेन्सी । क्यानडाले खोप नलगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राख्ने भएको छ । सरकारले कोभिड खोपसम्बन्धी नयाँ व्यवस्था जारी गर्दै खोप नलगाउने सम्पूर्ण कर्मचारीलाई बिदामा राख्ने बताएको हो ।

त्यसैगरी, रेल र जहाजको सेवा लिन पनि अनिवार्य खोप लगाएको हुनुपर्ने प्रधानमन्त्री जस्टि ट्रुडोले बताएका छन् । नयाँ व्यवस्थाअनुसार अक्टोवर २९ सम्म संघीय कर्मचारीले आफूले पूर्ण खोप लगाएको प्रमाण पेस गर्नु पर्नेछ । 

त्यस्तै, रेल, विमान र पनडुब्बीमा काम गर्ने कर्मचारीले ३० अक्टोबरभित्र खोप लगाएको प्रमाण पेस गर्नुपर्नेछ । ‘संघीय कर्मचारीका लागि ल्याइएको नयाँ प्राबधान विश्वमा लागू गरिएका कडा नियममध्ये एक भएको प्रधानमन्त्री ट्रुडोले बताए । 

‘तपाईँले राम्रो काम गर्नुहुन्छ र खोप लगाउनु हुन्छ भने खोपबाट पनि सुरक्षित बन्नुहुन्छ,’ प्रधानमन्त्रीले भने ।  क्यानडमा संघीय सेवाका ३ लाख र संघीय मातहतका ९ लाख ५५ हजार कर्मचारी छन् । 

क्यानडामा ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् । खोप लगाउनेमा १२ वर्षसम्मका व्यक्ति छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);