इटलीमा खोप लगाएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागु गरिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इटलीमा खोप लगाएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागु गरिँदै

एजेन्सी । इटलीमा कर्मचारीहरूले खोप लगाएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागु गरिँदैछ।

कोभिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोनाभाइरसबाट संक्रमित भएर निको भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागु गरिँदैछ। त्यहाँ सरकारले हरियो पासको व्यवस्था गर्ने छ।

युरोपमा इटलीले पहिलोपटक यस्तो व्यवस्था सार्वजनिक गर्न लागेको हो । हरियो पास नहुने कर्मचारी निलम्बनमा पर्नसक्ने बताइएको छ। उनीहरूको पारिश्रमिक पाँच दिनसम्म रोक्न सकिने समेत बताइएको छ ।

अक्टोबर १५ तारिखबाट कार्यान्वयनमा आउने उक्त व्यवस्था कोभिडको व्यापक असर झेलेको इटलीमा खोप लगाउनेहरूको संख्या बढाउनका लागि गर्न लागिएको हो । डिजिटल माध्यमबाट र कार्डका रूपमा उपलब्ध गराइने हरियो पास रेल स्टेसन, सिनेमा हल, रेष्टुराँ, व्यायामशाला र पौडी पोखरीका लागि उपलब्ध गराउनुपर्ने व्यवस्था इटलीमा विद्यमान छ ।

हालसम्म खोप नलगाएका ४० लाख कामदारहरूलाई प्रेरित गर्नका लागि त्यस्तोब व्यवस्था सार्वजनिक गरिएको बताइएको छ। उक्त नियम अवज्ञा गर्नेहरूले १ हजार आठ सय अमेरिकी डलरसम्मको जरिवाना तिर्नुपर्ने व्यवस्था छ भने उनीहरूलाई निलम्बन समेत गर्न सकिने व्यवस्था छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);