नेपाल नेत्रज्योति संघद्धारा विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल नेत्रज्योति संघद्धारा विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ

काठमाडौं । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ गरेको छ । बुधवार काठमाडौंका एक कार्यक्रम गर्दै संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ गरेको घोषणा गरेको हो ।

यस पटकको विश्व दृष्टि दिवस आँखालाई माया गरौँ भन्ने मुल नाराका साथ मनाउन लागिएको हो । कार्यक्रममा नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले संघको अबको योजना भनेको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर वडा स्तरसम्मै आँखाको सेवालाई प्रभावकारी बनाउने बताए ।

उनले वडास्तरमा र दुर्गम जिल्लाहरुका नागरिक, महिला र सीमान्तकृत वर्गहरुलाई आँखाको सेवा पुर्याउनका लागि योजना बनाएर अघि बढ्ने बताए ।

विश्व दृष्टि दिवस सन् १९९८ देखि विश्वभर मनाइँदै आइएको छ । संसारमा विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबरको दोस्रो बिहीवार मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २२० करोड मानिसहरुमा दृष्टिदोषको समस्या रहेको छ भने ३ करोड ९० लाख मानिसहरुमा अन्धोपनको समस्या रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);