लुम्बिनीमा अस्पताल बनाउने बौद्ध विश्वविद्यालयको योजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लुम्बिनीमा अस्पताल बनाउने बौद्ध विश्वविद्यालयको योजना

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँग सहकार्य गरेर खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति भएको हो । शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना रहेकाे विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए ।  ‘अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुग्नेछ,’ उनले भने ।

अस्पतालमा विशेषज्ञ डाक्टरसहित आठ जनासम्म स्वास्थ्यकर्मी रहने याेजना बनाइएकाे छ । अस्पताल ५० बेडसम्मको सञ्चालन गर्ने योजना छ ।

विश्वविद्यालयको पहलपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माण स्थलको अध्ययन गरेको छ । धुलिखेल अस्पतालका डा. प्रविन कर्माचार्य र दिनेश थापाको टोली र विश्वविद्यालयको टोलीले अस्पताल निर्माणस्थलको अवलोकन गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);