तेस्रो लहर रोक्न चिनले दश लाख खोप र ९ करोड २४ लाख बराबरको सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तेस्रो लहर रोक्न चिनले दश लाख खोप र ९ करोड २४ लाख बराबरको सहयोग गर्ने

nepal-china

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरस विरूद्ध सिनोभ्याक खोपको दश लाख डोज अनुदान दिने भएको छ ।
बुधबार स्वास्थ्यतथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेट गर्दै काठमाडौं स्थित चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले थप दशलाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिएकी छिन् ।

यसैगरी चीनले कोरोनाको संभावित तेस्रो लहर रोक्न आवश्यक पूर्वाधार बनाउन नेपाललाई ९ करोड २४ लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । नेपाली सेनाका लागी चीनले तीन लाख डोज खोप पनि अनुदानमा उपलब्ध गराउन लागेको राज्य मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।

चीन सरकारले गरेको सहयोग प्रति धन्यवाद दिँदै राज्य मन्त्री श्रेष्ठले यही अक्टोबरको २०, २२ र २३ तारिखमा चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुग्ने जानकारी दिए । चीनले नेपाललाई भेरोसेल खोप अनुदानमा दिनुका साथै नेपाल सरकारले चीनसँग सोही खोप खरिद पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);