चीनले थप १६ लाख डोज खोप अनुदान दिने | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

चीनले थप १६ लाख डोज खोप अनुदान दिने

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिने जानकारी गराएकी हुन् ।

चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको राजदूत यान्छीले जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएका छ ।

चीनले हालसम्म नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराईसकेको छ भने नेपालले ४० लाख डोज खोप खरिद सम्झौता गरिसकेको छ जसमध्ये ८ लाख खोप आईसकेको छ ।

चीन सरकारले गरेको खोप सहयोगका लागि प्रधानमन्त्री देउवाले धन्यवाद दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);