कोरोनारिुद्धको खोप उपलब्ध गराउनु दुई देशबीचको सम्बन्ध गहिरो प्रमाणितः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोनारिुद्धको खोप उपलब्ध गराउनु दुई देशबीचको सम्बन्ध गहिरो प्रमाणितः प्रधानमन्त्री ओली

काठमाडौं, १६चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनुले दुई देशबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चीन सरकारद्धारा नेपाल सरकारलाई अनुदान स्वरुप प्रदान गरिएको कोरोना भाइरसविरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताएका हुन् । चीन सरकार द्धारा प्राप्त सहयोगले कोरोना भाइरस महामारीको विरुद्ध प्रभावकारी ढंगले अगाडी बढ्नको निम्ति महत्वपूर्ण हुने पनि जिकिर गरे ।

चीनले कोरोनाविरुद्धको ८ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले अनुदानको अलावा खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको जानकारी दिए । उनले भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरु प्रभावकारी रहेको पनि बताए ।

कोरोना महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेको समेत प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोरोनाविरुद्ध लड्नका लागि नेपालको साथमा चीन सँधै रहेको बताईन् । विगतमा पनि नेपाललाई चीन सरकारको सहयोग रहेको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि पनि सहयोग रहने स्पष्ट पारिन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);