रुसको कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउनतर्फ पहल गर्न प्रधानमन्त्री ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रुसको कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउनतर्फ पहल गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोरोनाविरुद्धको खोप स्पुतनिक भी तत्काल उपलब्ध गराउनतर्फ पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग बिहीबार नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभले गरेको भेटवार्तामा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

जवाफमा राजदूत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए ।

भेटमा दुई पक्षीय सम्बन्धका अन्य आयाम माथि चर्चा भएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने बारे पनि छलफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);