गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलद्वारा सुरक्षाको माग | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलद्वारा सुरक्षाको माग

पाेखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै सुरक्षाको माग गरेका हुन् । साथै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यद्वारा संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशसभा सदस्यहरूलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरूको सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ ।

साथै दलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पिसिआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सिसीटिभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।

उनीहरूले पछिल्ला घटनाक्रम सम्बन्धमा आठ बुँदे धारणा पनि सार्वजनिक गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);