लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

shankar-pokhrel

काठमाडौं । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाका केही सांसदले प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको अविश्वासको प्रस्तावमा उल्लेख छ ।

जसपाको नाम आएपनि आफूहरुले भने अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेको जसपा लुम्बिनी प्रदेश संसदीय दलको नेता सन्तोष पाण्डेले जानकारी दिए । ’बैठक पनि बसेको छैन, हामीले अविश्वास प्रस्तावमा समर्थन गरेका पनि छैनौं, केही सांसदले गरेका भए जानकारी छैन’–पाण्डेले भने ।

सहसराम यादव लगायत जसपाका केही सांसदले मात्र हस्ताक्षर गरेको स्रोतले बताएको छ ।

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेश सभा सदस्य छन् । तर एमालेमा लागेका दुई जनालाई कारबाही गरेपछि अब माओवादीसँग १७ सांसद छन् । नयाँ सरकार बनाउन ४३ सांसद चाहिन्छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);