लुम्बिनीमा मन्त्री बनेका चार सांसद्लाई जसपाको बधाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लुम्बिनीमा मन्त्री बनेका चार सांसद्लाई जसपाको बधाई

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका आफ्ना चार सांसद्लाई जनता समाजवादी पार्टीले बधाई दिएको छ ।

जसपा लुम्बिनी प्रदेश समितिले मंगलबार विज्ञप्ति निकालेर आफ्ना सांसद् सन्तोष पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई बधाई दिएको हो । प्रदेश समिति अध्यक्ष रविदत्त मिश्रले निकाल्नुभएको विज्ञप्तिमा प्रदेश सरकारलाई आफूहरुको समर्थन रहेको उल्लेख छ ।

जसपाबाट सरकारमा गएका चार सांसद्लाई कुनैपनि स्पष्टिकरण नसोधिएको पनि विज्ञप्तिमा उल्लेख छ । सोमबार मुख्यमन्त्री शंकर पोखरेललेसन्तोष पाण्डेलाई भौतिक पूर्वाधार, विजयकुमार यादवलाई भूमि व्यवस्था तथा कृषि, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्री र शुमन शर्मा रायमाझीले राज्यमन्त्री नियुक्त गरेको थियो ।

त्यसअघि सोमबार नै माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका दुई सांसद् मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मन्त्री बन्नुभएका चार सांसद्को हस्ताक्षर पनि अविश्वास प्रस्तावमा कीर्ते गरेर राखिएको थियो । यसको पुष्टि मन्त्री बन्नुभएका सांसद्ले नै गरेको छ । ‘हस्ताक्षर गरिएको भन्ने समाचार सरासर झुट हो, हामीले हस्ताक्षर गरेका छैनौं, उहाँहरुले यसअघि अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षर प्रयोग गर्नुभएको हो’ कल्पनाले भने ।

जसपाको असन्तुष्ट समूहले विज्ञप्ति निकालेरमन्त्री बनेका चार सांसद्लाई कारबाही गर्ने चेतावनी दिएको छ । जसपाका अशोककुमार यादवद्धारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्री बनेका चार सांसद्लाई तत्काल राजीनामा दिन भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);