जसपा लुम्बिनीद्धारा ३ मन्त्रीको सांसद पदबाट मुक्त गर्न प्रदेशसभामा निवेदन दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

जसपा लुम्बिनीद्धारा ३ मन्त्रीको सांसद पदबाट मुक्त गर्न प्रदेशसभामा निवेदन दर्ता

बुटवल । जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसदलाई प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न प्रदेशसभामा निवेदन दर्ता गरेको छ ।

सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साललाई पार्टीको कार्यकारिणी समितिले गरेको कारवाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेश सभा संसदीय दलले पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको हो ।

गत बैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन तीन सांसद सरकारमा मन्त्री भएका थिए । पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको र पटक पटक पार्टीको ह्वीप उल्लंघन गरेका पदमुक्त गर्ने निर्णय गरिएको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए ।

सरकारमा गएका चार जना प्रदेशसभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले भने मन्त्री पदबाट राजीनामा दिएर पार्टीको निर्देशन अनुसार चल्ने प्रतिवद्धता जनाएको जसपाले जनाएको छ । सोही आधारमा रायमाझीलाई भने कारवाही नगरेको संसदीय दलका नेता यादवले बताए ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जसपा संसदीय दलले दर्ता गरेको पत्रबारे सभामुख पूर्णबहादुर घर्तीले कानूनी र राजनीतिक परामर्श गरेर मात्रै निर्णय लिने बताए । प्रदेश सभा सचिवालयले सूचना टांस गरेपछि उनीहरु पदमुक्त हुने संवैधानिक प्रावधान छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);