कर्णालीका चार सांसदलाई निष्कासन गरेको सूचना प्रदेश सभामा दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कर्णालीका चार सांसदलाई निष्कासन गरेको सूचना प्रदेश सभामा दर्ता

सुर्खेत। कर्णालीमा प्रदेशसभामा फ्लोर क्रस गर्ने चार सांसद प्रदेश सभा सदस्यबाट निष्कासित भएका छन् ।

फ्लोर क्रस गरी माओवादी केन्द्रको सरकार जोगाउने एमाले नेपाल पक्षका चार सांसदलाई निष्कासन गरेको सूचना सहितको पत्र कर्णाली प्रदेश एमाले संसदीय दलले प्रदेश सभामा दर्ता गराएको हो ।

माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पदबाट मुक्त गराइएको पत्र कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सभामा दर्ता गराएका हुन् ।

वैशाख १० गते बसेको एमाले १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले उनीहरुलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । बैठकले सो निर्णय कार्यन्वयनका लागि प्रदेश सभा सचिवालयलाई पत्र लेख्ने निर्णय पनि गरेको थियो । ज्वाला बाहेक तीन सांसद अहिले माओवादी सरकारमा मन्त्री छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);