कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेशसभाको सातौँ अर्थात हिउँदे अधिवेशनको तेस्रो बैठक बस्दैछ ।

आज दिउँसो दुई बजे बस्ने बैठकमा यसअघि प्रदेश सरकारले जारी गरेका केही अध्यादेशका विषयमा छलफल गर्ने र प्रदेशसभा सदस्यहरुलाई निष्कासन गरिएको सूचना सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभा बैठकमा यसअघि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट जारी भएका प्रदेश लोकसेवा आयोग कार्यविधि र प्रशासकीय कार्यविधि नियमित गर्नेसम्बन्धी अध्यादेशबारे छलफल हुने बताइएको छ ।

यसैगरी यसअधिको बैठकमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार बचाउन फ्लोर क्रस गरेका नेकपा एमालेका तत्कालिन सांसदहरुलाई निष्कासन गरिएको सूचना पनि सुनाइने छ ।

आईतबार मात्रै एमालेले प्रदेशसभामा ‘फ्लोर क्रस’ गरी नेकपा माओवादी केन्द्रको पक्षमा मतदान गरेका चारजना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा दर्ता भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);