प्रदेश नं.१ मा प्रदेश सभा बैठक बस्दै, मूख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

प्रदेश नं.१ मा प्रदेश सभा बैठक बस्दै, मूख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने कार्यसूची

काठमाडौं, २३ चैत। प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिने सम्भावित कार्यसूची रहेको बताइएको छ ।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा हस्ताक्षर गरेका माओवादीको तत्कालीन संसदीय दलका नेतासहित २३ जनाले हस्ताक्षर फिर्ता लिएपछि माओवादी प्रस्ताव फिर्ता लिन बाध्य भएको हो ।

अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल भइसकेकाले प्रस्तावकले फिर्ता लिने प्रस्ताव बैठकमा लगेर पारित गर्नुपर्ने प्रावधान रहेको छ । प्रदेश १ मा अविश्वास प्रस्तावकै कारण चालु प्रदेशसभाको हिउँदे अधिवेशनको एउटा मात्रै पूर्ण बैठक बसेको छ ।

यसैबीच लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक पनि आजै बस्दैछ । बैठकमा माओवादी केन्द्रले प्रदेश सांसदहरुलाई कारबाही गरेको जानकारी गराउने तयारी गरेको छ ।

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सांसद दधीराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको छ । केन्द्रले दुई सांसदलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ । दुवै जना एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);