कर्णाली प्रदेशका मुख्यमन्त्रीसहितका नेताहरुलाई काठमाडौं बोलाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कर्णाली प्रदेशका मुख्यमन्त्रीसहितका नेताहरुलाई काठमाडौं बोलाइयो

काठमाडौं, २७ असाेज । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्रीसहितका नेताहरुलाई काठमाडौं बोलाउनु भएको छ ।

मंगलबार बालुवाटारमा भएको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र उहाँ विरुद्ध अविश्वासको प्रस्तावको नेतृत्व गरेका प्रदेशसभा सदस्य तथा नेकपाका कर्णाली प्रदेशका सहइञ्चार्ज यामलाल कडेँललाई काठमाडौं बोलाइएको हो ।

दुई अध्यक्षले पार्टी प्रदेश कमिटीका पदाधिकारीसहित इञ्चार्ज जनार्दन शर्मालाई पनि छलफलका लागि बोलाएको बताइएको छ । यसअघि मंगलबार बिहान केन्द्रिय नेताहरुको आन्तरिक छलफलपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सात सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिने भएका थिए ।

शाही मन्त्रिपरिषद पुनर्गठन गर्न सहमत भएसँगै उहाँविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने सहमति भएको हो । यसैबीच मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गर्नुभएको छ । नेपाल पक्षले थप तीन मन्त्री पाउने गरी सहमति भएको बताइएको छ ।

आइतबार प्रधानमन्त्री ओली निकट नेता यामलाल कँडेलको नेतृत्वमा १८ सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहीलाई हटाएर सचेतक सीता नेपालीलाई उक्त पदमा नियुक्त गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);