कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने

karnali pradesh

सुर्खेत, १६ कार्तिक । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको बताइएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबारै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गर्नुभएको थियो । आइतबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी सहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन शनिबार नै आग्रह गर्नुभएको थियो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरुलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही जुट्नु भएको बताइएको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा ३३ सांसद नेकपाका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);