कर्णालीमा फ्लोर क्रस गरेका ३ सांसद मन्त्रीमा नियुक्त,आजै सपथ ग्रहण गराइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कर्णालीमा फ्लोर क्रस गरेका ३ सांसद मन्त्रीमा नियुक्त,आजै सपथ ग्रहण गराइने

Mahendra-Bahadur-Shahi

काठमाडौं। कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।

शुक्रबार प्रदेशसभामा विश्वासको मत पाएका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा फ्लोर क्रस गरेका एमालेका चार सांसद मध्ये तीन सांसदले मन्त्री पद पाएका हुन् । जसमा अमरबहादुर थापाले भौतिक पूर्वाधार विकास, नन्दसिंह बुढाले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र कुर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्ती भएका हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ आइतबार हुने बताइएको छ । फ्लोर क्रस गरेका प्रकाश ज्वाला भने मन्त्री नियुक्त भएका छैनन् ।

यस्तै मुख्यमन्त्रीले केही मन्त्रालयको जिम्मेवारी पनि हेरफेर गरेका छन् । सामाजिक विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी मन्त्री विमला केसीलाई तोकिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा मन्त्री नरेश भण्डारीलाई नै कायम राखिएको छ ।

केही दिनमा कांग्रेसबाट दुई मन्त्रीहरु पनि नियुक्त गर्न लागिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);