कर्णाली प्रदेश सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

कर्णाली प्रदेश सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

कर्णाली । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले बताएका हुन् ।

गत वैशाख ३ गते सांसद प्रकाश ज्वाला सहित तीन मन्त्रीले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उक्त मत पाएका शाहीले थापा, बुढा र शाहीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शाहीलाई सहयो गरेको भन्दै एमालेले कारबाही गरेपछि पदमुक्त भएका तीने जना नेताहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए । पुनर्बहाली भएपछि उनीहरुले फेरि एमाले संसदीय दलको निर्देशन मान्नुपर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);