कर्णाली प्रदेशमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कर्णाली प्रदेशमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारले पेश गर्न लागेको नीति तथा कार्यक्रमको विपक्षमा मत गर्न ह्वीप जारी गरेको छ । नेकपा एकाले कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको बैठले सरकारले ल्याउने नीति तथा कार्यक्रमको विपक्षमा मत राख्न ह्वीप जारी गरेको हो ।

मंगलबार बसको प्रदेको संसदीय दलको बैठकमा पुनर्बहाली भएका माधव कुमार नेपाल पक्षका सांसद प्रकाश ज्वाला पनि सहभागी थिए । उनीसँग पुनर्बहाली भएका बाँकी ३ सांसद कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा भने बैठकमा उपस्थित भएनन् । यी ३ सांसद माओवादी केन्द्रका महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा मन्त्री छन् ।

गएको बैशाखमा एमालेका यी चार सांसदहरुले फ्लोर क्रस गरेर कर्णाली मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका थिए । सो पछि कर्णाली प्रदेश एमाले संसदीय दलले ती सांसदहरुलाई कारबाही गरी सांसद पद खोसेको थियो । तर सर्वोच्चले उनीहरुलाई पुनर्बहाली गरेको हो ।

मंगलबार नीति तथा कार्यक्रम पारित पछि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । तर नेकपा एमालेको विपक्षमा मतदान गर्ने निर्णय पछि भने नीति तथा कार्यक्रम नै पारित हुने वा नहुने अन्यौल मै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);