फ्लोर क्रसको घटना विश्वको संसदीय इतिहाँसकै कालो धब्बा : नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

फ्लोर क्रसको घटना विश्वको संसदीय इतिहाँसकै कालो धब्बा : नेम्वाङ

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले कर्णाली प्रदेशमा भएको फ्लोर क्रसको घटनालाई विश्वको संसदीय इतिहाँसकै कालो धब्बा भएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा नेकपा एमाले ताप्लेजुङ काठमाडौं सम्पकै मञ्चद्धारा शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै संविधानसभाका अध्यक्ष समेत रहेका नेता नेम्वाङले यस्तो बोलेका हुन् ।

शुक्रबार कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि भएको निर्वाचनमा नेकपा एमालेका चार जना प्रदेश सांसदले पार्टीको ह्वीप उलंघन गर्दै विपक्षमा मत दिएका थिए । जसका कारण कर्णालीमा नेकपा माओवादी केन्द्रको महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले निरन्तरता पाएको छ ।

यस घटनाले संसदीय अभ्यासको नै धज्जी उडाएको नेम्वाङले बताए । उनले भने, ‘साथीहरुले इतिहाँसमा नाम चाहिँ लेखाउनु भयो, तर थाहा छैन, उल्टो भयो या सुल्टो’ ।

आफुले लामो समयसम्म सभामुख भएर काम गरेको र संविधान सभाको अध्यक्ष समेत भएकाले यस्तो घटनाको विषयमा जथाभावी बोल्न भने नमिल्ने पार्टीका नेता कार्य कर्तालाई संधै अनुशासन सिकाएको बताए ।

आइ एन ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);