डेढ महिनापछि प्रतिपक्षी नेतासँग संवादमा देउवा, दूत बनेर कानून मन्त्रीले ओली र नेम्वाङ भेटे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

डेढ महिनापछि प्रतिपक्षी नेतासँग संवादमा देउवा, दूत बनेर कानून मन्त्रीले ओली र नेम्वाङ भेटे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गरेका छन् । हिजो अपरान्ह नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेका कार्कीले साँझ अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

‘प्रतिपक्षसँग सम्बन्धका बारेमा कुराकानी गर्न कानून मन्त्रीज्यू मेरो कार्यकक्षमा आउनु भएको थियो । साँझ पार्टी अध्यक्षज्यूसँग कुराकानी गर्नु भयो,’ नेम्वाङलेभने, ‘सरकार र प्रतिपक्ष दलबीचका सम्बन्ध कसरी मजबुत बनाउने भन्ने बिषयमा छलफल भयो ।’

एमालेले रचानात्मक प्रतिपक्षको भूमिका निभाउने तर सरकारले प्रतिपक्षसँग सम्बन्ध सुधारमा त्यति चासो नदिएको गुनासो नेम्वाङले गरेका थिए । प्रतिपक्ष पनि राज्यको स्थायी सत्ता भएकाले महत्वपूर्ण बिषयमा छलफल नगरी निर्णयमा नपुग्न आफूहरुले भनेको नेम्वाङको भनाई छ ।

सरकार गठन भएको झन्डै डेढ महिनापछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलसँग सम्बन्ध विस्तारका लागि कानून मन्त्रीलाई एमाले संसदीय दलको कार्यालय र बालकोटस्थित ओली निवासमा पठाएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);