सांसद र जनप्रतिनिधि जोगाउन लोसपाका शीर्ष नेता जनकपुर प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सांसद र जनप्रतिनिधि जोगाउन लोसपाका शीर्ष नेता जनकपुर प्रस्थान

काठमाडौं । शेरबहादुर देउवा सरकारले अध्ययादेशमार्फत राजनीतिक दल तोक्ने अधिकार स्थानीय जनप्रतिनिधिलाई दिएपछि आफ्नो पार्टीका नेता जोगाउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु काठमाडौंबाट जनकपुर प्रस्थान गरेका छन् ।

जनता समाजवादी पार्टीबाट अलग भएको महन्थ ठाकुर नेतृत्वको लोसपाले आफ्ना प्रदेश सांसदसहितका जनप्रतिनिधिहरुलाई रोक्न भन्दै शीर्ष नेताहरु जनकपुर प्रस्थान गरेका हुन् ।

‘सरकारले अध्यादेशमार्फत दल रोज्न अधिकार दिएपछि साथीहरूसँग कुराकानी गर्न जनकपुर जान लागेका हौं’, शरदसिंह भण्डारीले बताए । उनका अनुसार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु बुधबार जनकपुर पुग्दैछन् ।

प्रदेश २ मा प्रभावशाली रहेको तराई मधेस केन्द्रीत राजनीतिक दल जसपा नेपाल र लोसपाबीच प्रदेश सांसद र स्थानीय जनप्रतिनिधि तानातान गर्ने कार्यले तीव्रता पाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);