जसपा र नेकपा दाहाल–नेपाल पक्षका नेताहरु छलफलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जसपा र नेकपा दाहाल–नेपाल पक्षका नेताहरु छलफलमा

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टीका नेताहरु नेकपा दाहाल–नेपाल पक्षका नेताहरुलाई भेट्न पेरिसडाँडा पुगेका छन् ।

दाहाल–नेपाल पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल जसपाका नेताहरुसँग छलफलमा जुटेका हुन् ।

बुधबार बुढानिलकण्ठ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफलका लागि पुगेको यो पक्षले बिहीबार पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् ।

मंगलबार सर्वोच्चले प्रनिनिधि सभा पुनस्र्थापनाको पक्षमा फैसला गरेपछि नेकपा दाहाल–पक्ष सत्ता साफेदारीको कसरतमा जुटेका छन् । संसदमा तेश्रो ठूलो दल जसपाको पनि सत्ता समीकरण महत्वपुर्ण भूमिका रहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);