काँग्रेसको पदाधिकारी बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

काठमाडाैं, १३ फागुन । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीका वर्तमान र पूर्वपदाधिकारीको सहभागिता रहने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा दाहाल–नेपाल पक्षको प्रस्तावलगायत विषयमा छलफल हुने जनाइएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको बेला बस्न लागेको कांग्रेस बैठकलाई महत्वका साथ हेरिएको छ । साथै सभापति देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);