कांग्रेसको संसदीय दलको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसको संसदीय दलको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलो पटक बस्न लागेको बैठकले सरकारको नेतृत्वमा पुगेपछि परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने दलका एक नेताले जानकारी दिएका छन् ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा समेत छलफल हुने बताइएको छ । त्यस्तै आजै प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने भएका छन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्राबधान भएपनि देउवाले हतारमै विश्वासको मत लिन लागेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);