नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै, राजनीतिक अन्यौलता र कांग्रेसले तय गर्ने रणनीतिका विषयमा छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै, राजनीतिक अन्यौलता र कांग्रेसले तय गर्ने रणनीतिका विषयमा छलफल हुने

congress baithak

काठमाडौं, २१ फागुन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन, ल्होत्से हलमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । प्रतिनिधिसभा पुनस्र्थापनापछि देखिएको गतिरोध अन्त्यका लागि कांग्रेसको भूमिकाका विषयमा बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले बिहीवार यही विषयमा छलफलका लागि देउवा दिवास बुढानिलकण्ठमा पदाधिकारी बैठक डाकेको थियो तर कुनै ठोस निर्णय भने लिन सकेको थिएन । सांसदहरुको धारणा बुझेर मात्र कांग्रेसले धारणा तय गर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);