कुनै निर्णय नगरी सकियो कांंग्रेस पदाधिकारी बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कुनै निर्णय नगरी सकियो कांंग्रेस पदाधिकारी बैठक

काठमाडौं, २० फागुन । नेपाली कांंग्रेसले वर्तमान राजनीतिक विषयमा धारणा तय गर्न सकेन ।

विहिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले निकासका विभिन्न पक्षमा छलफल गरेपनि साझा धारणा बनाउन नसकेको हो । कांग्रेस भित्र पुर्नस्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक फरक मत रहदै आएको छ ।

सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु कांग्रेस पक्ष निर्णायक हुने गरि परिर्वर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छ भने रामचन्द्र पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसंग मिलेर राजनैतिक निकास दिनुपर्ने भन्नेमा देखिएको छ ।

बैठक पछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने बताउनुभयो ।

कांग्रेसले सांसदहरुको धारणा लिन शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार नै नेकपा दाहाल–नेपाल पक्षले नेपाली कांग्रेसका पदाधिकारीसंग छलफल गर्ने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);