कांग्रेसको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कांग्रेसको बैठक सुरु

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा कांग्रेसका पदाधिकारी तथा पूर्वपादधिकारीहरुको बैठक सुरु भएको हो ।

दिउँसो २ बजे बस्ने भनिएको भएपनि विशेष कारणले ढिलो भएको बताइएको छ । पदाधिकारी तथा पूर्व पदाधिकारीको सहभागिता रहने बैठकमा आगामी १४ औं महाधिवेशनको तयारी र समसामयिक परिस्थितिबारे कांग्रेसको आधिकारिक धारणा तय गरिने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सत्ता समीकरणका बारेमा भने अझै पनि कांग्रेसमा अन्यौलता कायम रहेको छ । सभापति देउवा पर्ख र हेरको स्थितिमा छन् भने रामचन्द्र पौडेल पक्ष जसरी भएपनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने पक्षमा रहेको छ । यसतो अवस्थामा आजको बैठकले कांग्रेसले स्पष्ट धारणा बनाउने आकंलन पनि गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);