बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह सुरु भएको बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीसहित अन्य नेताहरु पनि सहभागी छन् ।

गएको सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापन गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएपछि मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवाले आज बालुवाटारमा बैठक बोलाएका हुन् । देउवा आज बिहान मात्रै बुढानिकण्ठस्थित आफ्नो निजी निवासबाट बालुवाटारस्थित सरकारी निवासमा सरेका हुन् ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गरिएको छ । कांग्रेसको सरकार निर्माणले महाधिवेशन सर्ने विश्लेषण गरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल भने तोकिएको समयमा नै महाधिवेशन गर्नु पर्ने अडानमा छन् । कांग्रेसको १४ औं अधिवेशन आगामी भाद्र १६देखि १९ सम्म गरिने मिति तोकिएको छ । त्यसैगरी कांग्रेशबाट मन्त्री क–कसलाई बनाउने भन्ने विषयमा पनि छलफल भईरकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);