एमाले संसदीय दलको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । एमाले संसदीय दलको बैठक जारी रहेको छ । शुक्रबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बसिएको हो ।

एमालेको संसदीय दलको बैठकमा पनि नेता माधवकुमार नेपाल पक्षका सांसदहरु उपस्थित भएका छैनन् । यसअघि शुक्रबार नै च्यासलस्थित तुलसीलाल स्मृति बसेको स्थायी कमिटी बैठकमा पनि नेपाल पक्षका नेताहरु उपस्थित भएका थिएनन् ।

नेपाल पक्षका नेताहरुले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक दुबै सार्न आग्रह गरेका थिए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने बैठक गर्ने अडान कायम गर्दै बैठक बसेको हो ।

स्थायी कमिटी बैठक जारी रहेका बेला कार्यदलका नेपाल पक्षका नेताहरु बैठक रोक्न बैठकस्थलमा पुगेका थिए तर अध्यक्षको अडान पछि फर्किएका थिए । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने, एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);