नेपाल पक्षलाई आत्मालोचनासहित फर्कन एमाले संसदीय दलको आग्रह, अर्को बैठक चैत ७ मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेपाल पक्षलाई आत्मालोचनासहित फर्कन एमाले संसदीय दलको आग्रह, अर्को बैठक चैत ७ मा

काठमाडौं, ५ चैत । नेकपा एमालेले माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल पक्षलाई आत्मालोचनासहित पार्टी कार्यक्रममा सहभागी हुन आग्रह गर्ने निर्णय गरेकोे छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा बसेको बैठकले नेपला खनाल पक्षलाई आत्मालोचना सहित फर्किन आव्हान गर्ने निर्णय गरेको हो । साथै बैठकले आफ्ना नेताहरुलाई गुटगत भेला नगर्न पनि निर्देशन दिएको छ । यदि यस्तो भएन भने पार्टीको विधान अनुसार स्पष्टिकरण सोधिने र कारवाही गरिने चेतावनी पनि बैठकले दिएको छ ।

बैठकले संसदीय दलको विधान संसोधनसम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले २७ सदस्यीय संसदीय दलको बोर्ड गठन गर्ने निर्णय पनि गरेको छ ।

विधान संशोधन समितिमा विशाल भट्टराई, शेरबहादुर तमाङ्ग र बिमला राईसहित रहने भएका छन् ।

बैठकमा नेपाल खनाल पक्षका केही सांसदहरुको उपस्थिति रहेको थियो । बिहीबार बिहान ललितपुरको सानेपास्थित एक होटलमा बसेको नेपाल खनाल पक्षले स्थायी कमिटी सदस्यबाहेकका सांसदहरु बालुवाटार बैठकमा जाने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार केही सांसदहरु बालुवाटार जाने क्रममा थिए । तर बैठकमा जाने निर्णयप्रति नेपाल पक्ष कै सांसदहरुले असन्तुष्टि देखा परेपछि फेरि बैठकमा नजाने निर्णय गरेको थियो । जसका कारण नेपाल पक्षका केही सांसदहरु बैठकमा जाँदा जाँदै फर्किएका थिए ।

संसदीय दलको बैठक चैत ७ का लागि फेरि बोलाइएको छ। बिहीबारको बैठकमा केही सांसद अनुपस्थित भएको र ७ गते सबै सहभागी हुने सांसद शेरबहादुर तामाङले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);