नेपाल पक्षको कार्यकर्ता भेला : प्रधानमन्त्री ओलीलाई गुटगत मानसिकता त्याग्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

नेपाल पक्षको कार्यकर्ता भेला : प्रधानमन्त्री ओलीलाई गुटगत मानसिकता त्याग्न आग्रह

काठमाडौं, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको नेपाल–खनाल पक्षको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमाले नेपाल पक्षले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् । एमालेका नेता भिम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उदेश्यका साथ राष्ट्रिय भेला गरिएको बताए ।

भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उनको भनाई छ । वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने कुरामा आफुहरुको जोड रहेको पनि उनले बताए ।

एमालेका नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दवाबका लागि भेला राखिएको उनको भनाई छ ।

त्यसैगरी नेता ठाकुर गैरेले अध्यक्ष ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफुहरु सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिएका छन्। त्यसैगरी नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको आरोप लगाए । एमालेलाई एकताबद्ध बनाउन ओलीको भुमिका हुनुपर्ने उनको भनाई छ ।

भेलामा बोल्दै नेता मोहनचन्द्र अधिकारीले अध्यक्ष ओलीले वर्गीय दृष्टिकोण छोडेको आरोप लगाए । ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाई छ । नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरु पनि गल्ती सच्याउन तयार रहेको बताए ।

Leave a Reply

ताजा समाचार