प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने नेपाल पक्षको अडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने नेपाल पक्षको अडान

काठमाडाैं, ४ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि (बिहीबार)का लागि बोलाएको पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भाग नलिने जनाएको छ ।

बुधवार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने बताएका हुन । अध्यक्ष ओलीले गरेको गत फागुन २८ गतेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनैपनि बैठकमा सहभागी नहुने नेता पाण्डेले बताए।

भेलामा नेता माधवकुमार नेपालले कार्यपत्र प्रस्तुत गरेका छन्। कार्यपत्रमा सामूहिक छलफल भइरहेको छ ।

Leave a Reply