गत फागुन २८ गतेको निर्णय फिर्ता नगर्ने प्रधानमन्त्री ओलीकाे अडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

गत फागुन २८ गतेको निर्णय फिर्ता नगर्ने प्रधानमन्त्री ओलीकाे अडान

काठमाडाैं, १३ चैत । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गतेको निर्णय फिर्ता नगर्ने अडान दोहो¥याए । शुक्रबार बालुवाटारमा बसेको एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान दोहो¥याए ।

संसदीय दलको बैठकपछि एमालेका मुख्य सचेतक विशाल भट्टराईले दिएको जानकारी अनुसार पार्टीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सोधेको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नआएको पनि प्रधानमन्त्रीको भनाई उदृत गर्दै एमालेका मुख्य सचेतक विशाल भट्टराईले बताए ।

त्यस्तै बैठकमा सहभागी भएपछि नेपाल पक्षका नेता योगेश भट्टराईले संसदीय दलको बैठकमा उपस्थित हुनुलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको जानकारी दिए । नेता भट्टराईले पार्टीलाई एकताबद्ध बनाउने पहल गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरिएको जानकारी दिए ।

शुक्रबार बसेको संसदीय दलको बैठक सौहार्दपूर्ण रुपमा बसेको दुबै पक्षको भनाई छ । पछिल्लो समय बढेको विवादका बीच दुबै पक्षबीच बैठक हुनुलाई सकारात्मक लिइएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);