शुक्रबारका लागि नेकपा एमाले संसदीय दलको बैठक आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शुक्रबारका लागि नेकपा एमाले संसदीय दलको बैठक आह्वान

काठमाडाैं, १२ चैत । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएको छ ।

मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको पुष्टि गरे । बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय भएको छ ।

विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा सांसदहरुबाट सुझाव लिने, चालु प्रतिनिधिसभा बैठकको अधिवेशन कसरी प्रभावकारी बनाउने र दललाई एक ढिक्का बनाएर कसरी लैजान सकिन्छ भन्ने एजेण्डामा छलफल गर्न बैठक बोलाइएको हो ।

यसअघि झलनाथ खनाल–माधवकुमार नेपालपक्षले दलको बैठक बालुवाटारमा बोलाएको भन्दै बहिष्कार गरेको थियो । शुक्रबार बिहान ११ बजे खनाल–नेपाल समूहले पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);