कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शनिबार बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते बोलाइएको प्रतिनिधि सभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित हुने कांग्रेसले जनाएको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिनको १ बजेका लागि प्रतिनिधि सभाको अधिवेशन बोलाएकी छन्। हाल संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ।

कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा समेत तयारी गरेको छ। ’परिपक्व समय’ बनेमा अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि सांसदहरुको हस्ताक्षर संकलन गरेर राखिएको कांग्रेस नेताहरुको भनाइ छ।

Leave a Reply

ताजा समाचार