विपक्षीमा देखिएको विश्वासको मतको संकट (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विपक्षीमा देखिएको विश्वासको मतको संकट (भिडियाेसहित)

सत्तारुढ दल भित्रको खिचातानीले सरकार यतिबेला दवावमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै विपक्षी दल लगायत सत्तारुढ दलभित्रैको माधव नेपाल लगायतको असन्तुष्ट समुहमा देखिएको राजनैतिक चलखेल कै कारण पनि यतिबेला वैशाख २७ गते संसदमा के हुने हो भन्ने उहापोहमा यतिबेला सरकार छ । एमालेको बिगतको चरित्र र संस्थागत संरचनालाई हेर्दा पनि नेतृत्वसँग रहेको विवादकै कारण पार्टीलाई नै अप्ठेरोमा पार्ने गरि आजसम्म कुनै असन्तुष्ट नेताले आफ्ना पाईला अगाडि बढाएको पाईन्न ।

त्यसमाथी बिगतमा पार्टीभित्र झगडा चरम उत्कर्षमा पुग्दा समेत असन्तुष्टहरुको नेतृत्व गर्दै आउनु भएका वरिष्ठ नेता नेपालले वर्तमान ओली सरकारको निरन्तरताकै वकालत गर्दै आउनु भएको हो । यस सन्दर्भमा अहिले बजारु हल्लाका रुपमा सत्तारुढ दलका असन्तुष्ट सांसदहरुले राजीनामा दिने चर्चा मात्रै खपतका लागि भएको असन्तुष्ट समुहकै कतिपय नेताहरुले भन्दै आएकाले पनि वर्तमान सरकार पार्टीका तर्फबाट निश्चिन्त हुन जरुरी छ ।

यसको अर्को पक्ष के पनि हो भने आफैंले विघटन गरिदिएको संसद अदालतले पुनस्थापना गरे पछिको यो दुई महिना विपक्षी दलहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हल्ला मात्रै गरेर कटाए । तर, कसैले सरकार विरुद्ध प्रस्ताव ल्याउने आँट भने जुराउन सकेनन् । उल्टो वर्तमान प्रतिनीधि सभाको आफुमाथी विश्वास छ भन्दै संसदसमक्ष उभिने आँट प्रधानमन्त्री ओलीले गरेर सबैलाई आश्चर्यचकित बनाई दिनुभएको छ ।

यस अर्थमा आफुमाथी सडकबाट आरोपको वर्षा गरिरहेका विपक्षी दलका विरुद्धमा ओली आफैं गोल हान्न तम्सिनु भएको बुझ्न सकिन्छ । हो, यतिबेलाको प्रतिनीधि सभाको संसदीय गणित सरकारको पक्षमा छैन । तर, संसद्भित्रको यो राजनैतिक युद्धमा सफल भएपनि असफल भएपनि बाजी भने प्रधानमन्त्री कै पोल्टामा झर्ने हो । प्रधानमन्त्री मात्रै हैन, देशका समग्र बुद्धिजीवीहरुले समेत वर्तमान संसद असफल भईसकेको अबस्थामा नयाँ जनादेशमा जानुको कुनै विकल्प नरहेको भनिरहँदा विपक्षी दलहरु भने यहि संसदकै निरन्तरताको राग अलाप्दै राजनितीलाई नै मैलो बनाउने उद्दत देखिएका थिए ।

यस्तोमा कमजोर संसदीय अंकगणितको समेत वास्ता नगरि प्रधानमन्त्रीले यतिबेला आफुलाई परिक्षाको कसीमा उतार्नु भएको छ । यस्तोमा आफ्नै दलभित्रका असन्तुष्ट खेमाले प्रधानमन्त्रीको पछिल्लो कदमलाई साथ दिने बताएकै कारण सत्तारुढ दलभित्रै पनि नयाँ समिकरणको आशा पलाएको छ । सत्तारुढ दलभित्र विकसित भएको यो पछिल्लो सौहाद्रताको अबस्थाले विपक्षी दलहरुका सामु सत्ताको साँचो लिएर बसेको भनिने जनता समाजवादी पार्टी (जसपा) भित्र रहेको सत्तासँगको रस्साकस्सीको वास्तविक परिणाम त वैशाख २७ गते नै देखिएला ।

तर, यसबिच जसपाले भने पोजिसनलाई स्पष्ट पारिसक्नु पर्नेछ । यद्यपी अहिले जसपामा जुन प्रकारको भाँडभैलो देखिएको छ, त्यसलाई हेर्दा जसपाका लागि आफ्नो राजनैतिक अडानलाई स्पष्ट पार्न त्यति सहज भने छैन । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय त्यतिबेला लिनु भएको थियो, जुनबेला वहाँसँग पुर्ण बहुमतको समर्थन थियो । मंगलबारमात्रै प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने घोषणा गरिसकेपछि मात्रै बुधबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

माओवादीले समर्थन फिर्ता नगर्दै आफै विश्वासको मत लिन प्रधानमन्त्री तम्सिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । एमाले र माओवादीलाई साविककै हैसियतमा ब्यूँताउने सर्वोच्चको फैसलापछि माओवादीले सरकारमाथीको समर्थन फिर्ता लिने विश्वास गरिएको भएपनि माओवादीले त्यो निर्णय भने गर्न नसकेकै बेला प्रधानमन्त्रीको यो निर्णय आउनुलाई पक्कै पनि सहज अर्थमा बुझ्न मिल्दैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);