माधव नेपाल देउवा निवास पुगे, ओलीको कदम निस्तेज पार्न छलफल | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

माधव नेपाल देउवा निवास पुगे, ओलीको कदम निस्तेज पार्न छलफल

काठमाडौं। राष्ट्रियसभा उपनिर्वाचनका लागि गठबन्धन गरेर अघि बढ्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालबीच देउवा निवास बुढानिलकण्ठमा छलफल भइरहेको छ ।

एमाले नेता नेपाल देउवासँग छलफल गर्न बिहीबार साँझ बुढानिलकण्ठ पुगेका हुन् । यसअघि देउवा, नेपाल र माओवादी अध्यक्ष प्रचण्ड तथा जसपा अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार र बुधवार छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीको पछिल्लो रणनीति असफल बनाउन नेपाल र देउवाबीच छलफल भइरहेको स्रोतले जनाएको छ । बुधबार प्रधानमन्त्री ओलीले सभापति देउवासंगे उनकै निवासमा छलफल समेत गरेका थिए ।

Leave a Reply

ताजा समाचार