देउवासंग नेपाल र प्रचण्डले गरे प्रदेश सरकारका विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

देउवासंग नेपाल र प्रचण्डले गरे प्रदेश सरकारका विषयमा छलफल

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग नेकपा एमालेका नेता माधाव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।सोमबार कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा त्रिपक्षीय भेटवार्ता भएको हो ।

झण्डै एक घण्टा लामो छलफल प्रदेश सरकारका बारेमा छलफ भएको बताइएको छ । चार बजे देउवा निवासमा पुगेका एमाले नेता नेपाल र प्रचण्डबीच प्रदेश सरकारका विषयमा छपफल भएको एक नेताले बताएका छन् । ती नेताका अनुसार प्रदेश २ र गण्डकी प्रदेशमा कसरी अगाडि बढ्ने बारेमा तीन नेताहरुबीचमा छलफल भएको जानकारी दिएका छन् ।

प्रदेशहरुमा पनि दलहरुले कसरी गठबन्धनको सरकार बनाउन सकिन्छ भन्ने बारेमा गृहकार्य गरिरहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य भएको छ भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसहित कांग्रेस, माओवादी केन्द्र र एमालेका नेता नेपाल समूहबीच गठबन्धन बनेको छ ।

प्रदेश २ मा यादव निकट नेता लालबाबु राउत मुख्यमन्त्री छन् । मुख्यमन्त्री राउतले जसपाका ठाकुर पक्षलाई सरकारबाटै हटाएका छन् भने कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी भइरहेको छ । यसबारे छलफल गर्न प्रचण्डले बिहान नेता नेपाल र देउवासँग अलग–अलग भेटवार्ता समेत गरेका थिए । सो भेटवार्ता पछि आजै देउवा निवासमा बुढानीलकण्ठमा तीन नेताबीच सामूहिक भेटवार्ता समेत भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);