इ–कमर्श सेवा प्रदान गर्न सर्वोच्चको अन्तरिम आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इ–कमर्श सेवा प्रदान गर्न सर्वोच्चको अन्तरिम आदेश जारी

काठमाडौं । इ–कमर्श अर्थात होम डेलिभरी सर्विस नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरी इ–कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म सेवा प्रदानमा कुनै रोक नलगाउन अन्तरिम आदेश जारी गरेको हो ।

अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफल गर्न निवेदकका तर्फबाट उपस्थित अधिवक्ताहरु सुभाष पाठक, आवेश अधिकारी, सागर पौडेल, कृष्ण पाल र रक्षा सिंह तथा विपक्षीतर्फबाट उपस्थित सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बहस गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);