पदावधि बढाउन अनौठो आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पदावधि बढाउन अनौठो आदेश

Sarbocha adalat

काठमाडौं, १० असार । सर्वोच्च अदालतले जारी गरेको ‘अनौठो’ अन्तरिम आदेशका कारण गत वर्ष नै अवकाश हुनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक पदका एक अधिकारी पदमा बसिरहेका छन् ।

निर्देशक भीष्म उप्रेतीको निवेदनमाथि अन्तरिम आदेश जारी भएको तर सर्वोच्चले मुद्दाको सुनुवाइ नगर्दा उनको अवकाश पदावधि असीमित समयसम्म लम्बिइरहेको छ । उनी गत वर्ष २०७४ जेठ ३ गते नै अवकाश हुनुपर्ने हो । अन्तरिम आदेश दिने तर मुद्दाको सुनुवाइ नगरेकाले सर्वोच्च अदालत र उनीबीच मिलेमतो रहेको बुझाइ राष्ट्र बैंकका अधिकारीहरूको छ ।

‘गत वर्ष नै अवकाश हुनुपर्ने उप्रेतीले अन्तरिम आदेशका कारण असीमित समय राष्ट्र बैंकमा जागिर खाने हुनुभयो,’ राष्ट्र बैंक स्रोतले कान्तिपुरसित भन्यो, ‘अदालतकै आदेशका कारण यो हदसम्म बेथिति निम्तिएको हामीले देखेका थिएनौं ।’ मासिक झन्डै डेढ लाख तलब लिने उप्रेतीका कारण एक वर्ष अवधिमा राष्ट्र बैंकले झन्डै २० लाख रुपैयाँ भार ब्यहोरिसकेको छ । जिम्मेवारीविहीन बनाइएका उनी हाल राष्ट्र बैंकको प्रकाशन फाँटमा छन् ।

उप्रेती २०४५ जेठ ३ गते नेपाल राष्ट्र बैंकमा सहायक द्वितीय पदमा नियुक्त भएका थिए । पदमा रहेकै अवस्थामा उनले खुला प्रतिस्पर्धाबाट नाम निकालेर २०५४ मंसिर २२ देखि अधिकृत तेस्रो पदमा कार्यरत भई पटक–पटक बढुवा भएका थिए । राष्ट्र बैंकले २०४५ जेठ ३ गते नियुक्ति लिएको हिसाबले ३० वर्षे उमेर हदका कारण उप्रेतीले २०७५ जेठ ३ गते अवकाश लिनुपर्ने भनी पत्र लेखेको थियो । त्यसविरुद्ध उप्रेती अदालत गएर अन्तरिम आदेश पाए ।

२०५४ मंसिर २२ देखि मात्र आफ्नो सेवा अवधि गणना हुनुपर्ने उनको दाबी छ । नेपाल राष्ट्र बैंक, कर्मचारी विनियमावलीको विनियम १११ मा तीस वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश व्यवस्था छ । अवकाश हुनुभन्दा ३० दिन अगाडि बिदामा बस्नुपर्ने व्यवस्थाअनुसार २०७४ चैत २७ गते राष्ट्र बैंकले उप्रेतीलाई अवकाशपत्र दियो । उप्रेतीले उक्त पत्र खारेजीको माग राखी पत्र पाएको एक महिनापछि सर्वोच्चमा रिट निवेदन दर्ता गराए ।

२०५४ मंसिर २२ गते मात्र सुरु नियुक्ति लिएको दाबी गरी उनले त्यसैलाई आधार मानी सहायक स्तरको पदमा काम गरेको अवधिलाई सेवा अवधि गणना नगर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);