निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया यथाशिघ्र अघि बढाउन सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया यथाशिघ्र अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया यथासिघ्र अघि बढाउन आदेश दिएको छ । सर्वोच्च अदालतले ट्रेड युनियनको कार्यसमितिको वैधानिक प्रतिनिधित्व कायम राख्न यथासिघ्र निर्वाचनको प्रक्रिया अघि बनाउन श्रम रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

युनियनले दर्ता गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस्तो अन्तरिम आदेश जारी गरेको हो । युनियनको निर्वाचन पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको छ । एक पटक निर्वाचन भएर चार वर्षमा वा एक वर्ष थप गरी पाँच वर्ष निर्वाचन हुनु पर्नेमा निर्वाचन मिति सारिँदै आएको छ ।

चार वर्षे कार्यकाल बमोजिम २०७७ जेठ १९ गते नै युनियनको निर्वाचन हुनुपर्ने थियो । पछिल्लो पटक सरकारले गत मंसिर २७ गतेका लागि निर्वाचन तोकिएको भएपनि फेरि स्थगित गर्ने निर्णय गरेको थियो । त्यसअघि असोज २४ गते तय गरिएको निर्वाचन मिति कोरोनाको कारण देखाउँदै मंसिर २७ मा गर्ने निर्णय गरेको थियो ।

तर मंसिर १० को मन्त्रिपरिषद्को बैठकले मंसिर २७ मा पनि निर्वाचन नगर्ने निर्णय गरेपछि ट्रेड यनियनको निर्वाचन अनिश्चित बनेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);