संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक : निजामती कर्मचारी युनियन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक : निजामती कर्मचारी युनियन

काठमाडौं, ३१ चैत । नेपाल निजामती कर्मचारी युनियन संघले राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ ।

मंगलबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन लोकतन्त्र विरोधी रहेको बताएका छन् ।

ऐनले संविधानलाई नै उलङ्घन गरेको तथा कर्मचारीहरुको सेवा सुविधा, वृत्ति विकास लगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो ऐन पास भए कर्मचारीहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । राष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफू अनुकुलका कर्मचारीहरुलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलको आरोप छ ।

नेपाल निजामती कर्मचारी युनियन संघका उपाध्यक्ष उत्तम कुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताए । श्रेणीबिहिन कर्मचारीको वृत्ति विकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उनको आरोप छ । उनले करार कर्मचारीहरुलाई स्थायी बनाउनुपर्ने आफूहरुको मागको सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण पनि गराए ।

सरकार नायब सुब्बाको वृत्ति विकास र बढुवामा गम्भिर नभएको पनि उपाध्यक्ष कटुवालले बताए । ट्रेड युनियनको अधिकारको निम्ति नेपाल निजामती कर्मचारी युनियन संघले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि उल्लेख गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);