कोटा घटाउन कर्मचारीको लबिङ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कोटा घटाउन कर्मचारीको लबिङ

sarkari karmachari

काठमाडौं, ३० भदौ । प्रमुख राजनीतिक दल निकट चार कर्मचारी संगठनले निजामती सेवामा खुला प्रतिस्पर्धा घटाउन सरकारलाई दबाब दिएका छन्। दलैपिच्छे खुलेका निजामती कर्मचारी ट्रेड युनियनले शाखा अधिकृतमा खुला प्रतिस्पर्धाबाट कुल रिक्त दरबन्दीको ७० प्रतिशत पूर्ति हुँदै आएकोमा त्यसलाई ५० प्रतिशतमा झार्न दबाब बढाएका हुन्।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संघ (युनियन), मधेसी निजामती कर्मचारी मञ्च र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदामा रहेको प्रावधान संशोधन गर्न सरकारलाई दबाब दिएका हुन्।

मस्यौदा संशोधनमा दबाब दिन साझा धारणा बनाउन बिहीबार बसेको उनीहरुको बैठकले खुला प्रतिस्पर्धाको कोटा घटाउनुपर्ने निष्कर्ष निकालेको छ। यस विषयमा उनीहरूले आधिकारिक ट्रेड युनियनका प्रतिनिधिसँग बिहीबारै छलफलले गरेका छन्। चार कर्मचारी संगठनको साझा अवधारणा आधिकारिक टे«ड युनियनमार्फत सामान्य प्रशासन मन्त्रालयमा बुझाउने सहमति भएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);