नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे

खोटाङ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् । युनियनको सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न आठौँ जिल्ला अधिवेशनवाट घिमिरे सर्वम्मत अध्यक्षमा चयन भएका हुन् ।

युनियनको १७ सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रमाया राई र समावेशी उपाध्यक्षमा विकास राई चयन भएका छन् । सचिवमा शम्भु तामाङ, सहसचिवमा दिनेश खत्री तथा कोषाध्यक्षमा लेखनाथ कटुवाल चयन भएका युनियनले जनाएको छ । 

१० जना जिल्ला सदस्यमध्ये चार जना खुला सदस्य, दुई जना कार्यालय सहयोगी समावेशी सदस्य र दुई जना महिला समावेशी सदस्य छन् । अध्यक्षबाट मनोनीत हुने दुई सदस्यमध्ये एब जना भने मनोनीत गर्न बाँकी रहेको अध्यक्ष घिमिरेले बताए । अधिवेशनले भगतप्रसाद आचार्य, अनिल आचार्य, पाण्डव घिमिरे र इरन राईलाई केन्द्रीय प्रतिनिधि छनोट गरेको छ । 

‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा भएको अधिवेशन नेपाली कांग्रेसका महासमिति सदस्य रविप्रकाश राईले उद्‌घाटन गरेका थिए । अधिवेशन उद्‌घाटनको अवसरमा युनियनले लामो समयसम्म संगठनलाई सहयोग पुर्‍याएको योगदानको उच्चसम्मान गर्दै निजामती सेवाबाट अवकास लिएर निवृत्त जीवन बिताइरहेका पूर्वकर्मचारीलाई सम्मान गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);