एमाले पाल्पा अध्यक्षमा घिमिरे चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले पाल्पा अध्यक्षमा घिमिरे चयन

बुटवल । नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् । शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । अधिवशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन् । सहसचिवमा टीका थापा र सुनिता शर्मा छानिएका छन् । 

लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ । रुपन्देहीमा शुक्रबारदेखि सुरु भएको अधिवेशनले शनिबार नेतृत्व चयन गर्ने सम्भावना छ । सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन टुंग्याइने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);