लमजुङका सात पालिकामा एमालेको नेतृत्व सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

लमजुङका सात पालिकामा एमालेको नेतृत्व सर्वसम्मत

लमजुङ । नेकपा (एमाले)ले लमजुङका सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाको बेशिसहर नगरपालिका, मध्यनेपाल नगरपालिका,  सुन्दरबजार नगारपालिका, राईनास नगरपालिका, दोर्दी गाउँपालिका, दुधपोखरी गाउँपालिका र क्वहोलासोथर गाउँपालिमा  सर्वसम्मत नेतृत्व चयन भएको हो ।

बेशिसहर  नगरपालिकाको प्रथम नगर अधिवेशनबाट राजकुमार बिस्ट सर्वसम्मत अध्यक्ष चुनिएका छन् । नगर कमिटीको उपाध्यक्ष दुर्गा वुढाथोकी, सचिव सरद वराल, उपसचिव वुना रिमाल, उपसचिव विरेन्द्र गुरुङ , मध्यनेपाल नगर कमिटीको अध्यक्ष योगेन्द्रनारायण शाह,उपाध्यक्ष सूर्य गुरुङ ,सचिव विष्णुभक्त पौडेल,उपसचिव शारदा शाखी र उपसचिव सूर्यबहादुर नेपाली चयन भए ।

राइनास नगर कमिटीको अध्यक्षमा पुर्ण गुरुङ, उपाध्यक्ष ध्रुव अक्केला,सचिव वलराम घिमिरे, उपसचिव अनन्त त्रिपाठी र उपसचिव शान्त न्यौपाने चयन भएका छन् । सुन्दरबजार नगरकमिटीको अध्यक्षमा भीम गुरुङ चयन भएका छन् ।

दोर्दी गाउँ कमिटीको अध्यक्षमा युवराज अधिकारी, उपाध्यक्षमा मान गुरुङ, सचिवमा अम्विका मरहठा, उपसचिवमा लालमाया मिजार र उपसचिव नेत्र गुरुङ चयन भएका छन् । क्वोलासोथार गाउँ कमिटी अध्यक्षमा  नारायण गुरुङ,उपाध्यक्षमा सूर्य गुरुङ,सचिवमा गीतबहादुर गुरुङ र उपसचिव आस्विर गुरुङ  चयन भएका छन् ।

जिल्लाको दुधपोखरी गाउँ कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्षमा गणेश गुरुङ, सचिवमा फुलबहादुर तामाङ, उपसचिवमा लोकविलास दवाडी चयन भएका छन् । मर्स्याङ्दी गाउँपालिकामा भने बुधबार अधिवशन हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);